Aafno Khabar

भारतीय मिडियामा देखिएको पछिल्लो प्रवृत्तिकाे कानुनी र राजनीतिक उपचार खोज्छौं : सञ्चारमन्त्री

  • July 9, 2020 प्रकाशित

काठमाडाैं । भारतीय सञ्चारमाध्यममा नेपाल र नेपालका प्रधानमन्त्री जोडेर आएका विषयवस्तुप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भारतीय मिडियामा आएकाे समाचारको सरकारले भर्त्सना गर्ने बताउनुभयाे ।

नेपाली सञ्चारमाध्यममा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रहसहित उहाँले भारतीय मिडियाहरूमा देखिएको पछिल्लो प्रवृत्तिका लागि राजनीतिक र कानुनी उपचार खोज्नुपर्ने बताउनुभयाे ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले प्रधानमन्त्री र नेपालकाे विषयमा भारतीय सञ्चारमाध्यममा आएका विषयका बारेमा प्रश्न साेधेका थिए ।

‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ ।’ उहाँले भन्नुभयाे ‘दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ ।’

याे पनि पढ्नुहाेस् ।

भारतीय मिडियाको प्रस्तुतिप्रति नारायणकाजी आक्रामक : ‘हद भयो, बकवास बन्द गर’