Aafno Khabar

छाेटाे दूरीमा सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

  • July 9, 2020 प्रकाशित

काठमाडाैं । सरकारले सामाजिक दुरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरी बिहीबार यसबारे जानकारी दिनुभएकाे हाे ।

सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने खतिवडाले जानकारी दिनुभयाे । यातायात व्यवसायीले साबिक भाडामा ५० प्रतिशत बढी भाडा लिन पाउनेछन् ।

सुरक्षा मापदण्ड अनुसार चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्नेछ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ । यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ ।

साथै, सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ ।

सरकारको निर्णयअनुसार काठमाडौंको हकमा तीन जिल्लामा सवारी साधन चल्न पाउने छन् भने बाहिर सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।