काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार करिब २ घण्टा ओली र प्रचण्डबीच छलफल भएको थियो ।
आइतबार यता ओली र प्रचण्डबीच निरन्तर छलफल भइरहेकाे छ । अध्यक्ष प्रचण्डसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागिरहेका छन् । तर प्रधानमन्त्री ओली राजीनामा नदिने पक्षमा हुनुहुन्छ ।
नेकपा नेतृत्व विवादका कारण असार १० गतेदेखि जारी स्थायी समिति बैटक १८ गतेय ता बस्न सकेको छैन । स्थायी समितिको बैठक २६ गतेसम्मका लागि स्थगित छ ।