Aafno Khabar

नेकपा स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

  • July 8, 2020 प्रकाशित

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार तय भएको बैठक आगामी असार २६ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिनुभयाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफू नेतृत्वको सरकार ढाल्न खोजेको अभिव्यक्ति दिएपछि नेकपा भित्र विवाद चर्किएको हो ।

पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाभित्र केही दिनयता अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसहितका नेताहरुबीच छलफल भए पनि ठाेस सहमति हुन सकेकाे छैन ।