काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक रोकेर २ अध्यक्ष आन्तरिक छलफलकाे तयारीमा लागेका छन् ।
बिहीबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक घण्टा ढिला गरी मध्यान्ह १२ बजे सुरु भएको थियाे । केहीबेरमै बैठक रोकर २ अध्यक्ष आन्तरिक छलफलकाे तयारीमा लागेका हुन् ।
२ अध्यक्षबीच जारी विवाद कसरी समाधान गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको थियाे ।
नेकपा स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैै पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार नै मन्त्रिपरिषद् बैठक बोलाएर संसद अधिवेशन स्थगित गर्न सिफारिस गर्नुभएकाे थियाे ।