Aafno Khabar

मन्त्रीपरिषद् बैठकअघि प्रधानमन्त्री ओली शितलनिवासमा

  • July 2, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार याे नियमित बैठक हाे ।

बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको हो । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्नुभएकाे छ ।

नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने बताइएको छ । पछिल्लाे समय नेकपाभित्र विवाद निकै चर्कँदै गएपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन ओलीसमक्ष अन्य नेताहरुले दबाब दिइरहेका छन् ।