Aafno Khabar

कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक आउँदो आइतबारसम्मकाे लागि स्थगित

  • July 1, 2020 प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिकाे बैठक आउँदो आइतबारसम्मकाे लागि स्थगित भएको छ । सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरी बैठक आइतबारकाे लागि बोलाइएको हो ।

छन्त्यालको निधनकाे शोकमा बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालयसमेत बन्द गर्ने भएको छ । कांग्रेसले बिहीबार पार्टीको झण्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

मङ्गलबारबाट सुरु भएको बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको छ ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान निधन भएको थियो । मुटुसम्बन्धी समस्याले पीडित उहाँको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारकाे क्रममा निधन भएको हो ।