Aafno Khabar

राजनराज शिवाकोटी र मिलन नेवारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक

  • July 1, 2020 प्रकाशित

गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका मिलन नेवारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी उता म यता’ बोलको गीतमा शब्द/संगीत पनि राजनराज शिवकोटीकाे रहेकाे छ ।

राजनराज र मेलिना फिचर भएको भिडियोमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको पीडा व्यक्त गरिएको छ ।

राजेश पुमा राईले निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन छ ।