काठमाडाैं । नेपाली कांग्रेसकाे सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
बुधबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । छन्त्याल ०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित सदस्य हुनुहुन्थ्याे ।
मुटुसम्बन्धी पीडित उहाँकोे गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हाे । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभयाे ।
राष्ट्रिय सभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । अर्काे बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी आजकाे बैठक स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताउनुभयाे ।