Aafno Khabar

लकडाउन खुकुलाे बनाउन आजकाे मन्त्रीपरिषद बैठकले निर्णय गर्ने

  • June 10, 2020 प्रकाशित

काठमाडौं । कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि लगाइएको कडा लकडाउनलाई केही खुकुलो पार्ने निर्णय गर्न लागिएको प्रधानमन्त्री केपी ओलीले संसदलाइ जानकारी दिनुभएकाे छ।

सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै उनले समयानुकूल ढङ्गले सामाजिक जनजीवन सहज बनाउनेबारे निर्णय हुने उहाँकाे भनाइ छ।

“निजी क्षेत्रलाई परीक्षण गर्न दिनेबारे अनि लकडाउन सरलीकरण तथा शिक्षाक्षेत्रका असहजता न्यून पार्नेबारे आजै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्दैछ,” उहाँले भन्नुभयाे।

लामो समयदेखि लकडाउन हुँदा जनजीवन कष्टकर भएको भन्दै खासगरी निजी क्षेत्रले त्यसको सुरक्षित विधि परिवर्तन गर्न माग गरिरहेका थिए।

संसद्‌मा जानकारी दिँदै प्रधानमन्त्री केपी ‌ओलीले नेपालमा भेटिएका समग्र सङ्क्रमितमध्ये ८५% भन्दा धेरै भारतबाट आएका व्यक्ति भएको बताउनुभयाे।

वैशाखको पहिलो सातादेखि भारतबाट नेपालीहरू भित्रिन थालेको र वैशाखमा साढे सात हजार अनि जेठमा हालसम्म सवा दुई लाख मानिस भित्रिएको प्रधानमन्त्रीले जानकारी दिनुभयाे।