रुपन्देही । रुपन्देहीमा पाँच जनाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर- १० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो ।
कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको हुन सक्ने प्रहरीले जनाएकाे छ ।