Aafno Khabar

कोरोना लागेकी आमाबाट जन्मेको बच्चामा कोरोना संक्रमण हुन्छ की हुँदैन ?

  • May 20, 2020 प्रकाशित

काठमाडौं । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको छ । यसले समय र अवस्थासँगै आफ्नो स्वरुप नै परिवर्तन गरिरहेको जानकारी वैज्ञानिकहरुले दिएका छन । मानवीय हताहति बढ्दै गर्दा गर्भवती आमा र बच्चाको स्वास्थ्यप्रति चिन्ता बढ्न थालेको छ ।

के गर्भभित्रै रहेको बच्चालाई पनि कोरोना संक्रमण हुनसक्छ ? कोभिड–१९ नयाँ भाइरस भएकाले यस प्रकारका कैयौं प्रश्नहरुको जवाफ खोज्ने कोशिसमा मानिसहरु लागेका छन । गर्भवती महिला र उनको पेटभित्र रहेको बच्चामा यसको कस्तो असर पर्छ भन्नेबारे पनि खोज भइरहेको छ ।

गर्भवती आमा र गर्भस्थ शिशुलाई कोरोनाले पारेको प्रभावका अलग–अलग मामिला देखिएका छन । कुनै अवस्थामा आमा संक्रमित भएपनि स्वस्थ बच्चा जन्मिएका छन । कुनै मामिलामा आमा स्वस्थ आमाबाट जन्मिएका बच्चाहरु संक्रमित भएका छन ।

कुनै मामिला यस्ता छन कि संक्रमित आमाबाट जन्मिएका बच्चालाई पनि केही घण्टाभित्रै संक्रमण भएको छ । यस्ता फरक–फरक मामिला भेटिइरहँदा यो सवाल उठ्छ, के आमाको गर्भमा रहँदै ती बच्चाहरु संक्रमित भएका थिए ?

के यस्तो हुन सम्भव छ? बीबीसी हिन्दीका अनुसार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको एक अध्ययनले के देखाएको छ भने, यदी गर्भवती महिलालाई कोरोना संक्रमण भएको छ भने उनको बच्चालाई पनि गर्भभित्रै संक्रमण हुन सक्छ ।

हरेक मामिलामा यस्तो भेटिएका त छैन, तर यस्तो हुनसक्ने सो अध्ययनमा उल्लेख छ । गर्भवती आमालाई कोरोना संक्रमण हुँदा गर्भभित्र रहेको बच्चामा कुन हदसम्म असर पार्छ भन्नेबारे आइसीएमआरको अध्ययनले विस्तृत खुलाएको चाहिँ छैन ।

आमाबाट बच्चामा कसरी सर्छ भाइरस ? अलग–अलग तरिकाले आमाबाट बच्चामा भाइरस सर्नसक्छ । तर आमा संक्रमित हुँदा गर्भमा रहेको बच्चालाई पनि त्यस्तो हुने शतप्रतिशत आधार चाहिँ छैन ।

गर्भवती महिला कोरोनाबाट कति खतरा ? आइसीएमआरका अनुसार गर्भधारणका दौरान आमाको प्रतिरोधी क्षमता केही कमजोर हुने गर्छ । यस्तो अवस्थामा गर्भवती आमा सजिलै र निकैए छिटो भाइरसबाट संक्रमित बन्ने जोखिम हुन्छ । यसअघि नै देखिएका भाइरसका मामिलामा त यो तथ्य पुष्टि नै भइसकेको छ ।

कोरोनाले पनि गर्भधारण गरेकी महिलालाई यस्तो असर पु¥याउन सक्ने सम्भावना निकै बढी छ । गर्भमा रहेको बच्चा आमा र बाबुबाट बनेको एक नयाँ अंश हो। यस्तो अंशमा सामान्य प्रतिरोधक क्षमता कम हुने गर्छ। कोरोना भाइरस फैलिएपछि समयभन्दा अगावै बच्चा निकाल्ने क्रम बढेको छ । यो कोरोनाको जोखिमकै कारणले हो या अन्य कारणले भन्ने खुलिसकेको छैन ।

नेपालमा केही दिन अगाडी मात्र नेपालमा सुत्केरी महिलाको मृत्यु भएको थियो । तर, ती महिलामा कुन स्रोतबाट कोरोना लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन र उनको बच्चामा पनि कोरोना संक्रमण नदेखिएको जनाइएको छ ।