Aafno Khabar

किन खोजिएन २६ वर्षसम्म मदन भण्डारी हत्याको रहस्य !

  • May 16, 2020 प्रकाशित

काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ ।

मदन आश्रित स्मृति दिवसका अवसरमा नेकपाले विषेश कार्यक्रम गर्दै आएको छ । कोरोना संक्रमणका बीच पनि नेकपाले दुई नेतालाई सम्झनेछ ।

विसं २०५० जेठ ३ गते चितवन नजीकै दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । पोखरामा आयोजित जिल्ला अधिवेशनमा सम्बोधन गरेर चितवनमा आयोजना हुने कार्यक्रममा आउने क्रममा उनीहरु दुवैको ‘रहस्यमय’ निधन भएको थियो ।

भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद जबजको नीतिलाई तत्कालीन नेकपा एमालेले पछ्याउँदै आएको थियो ।

गत वर्ष पार्टी एकीकरणपछि पनि ‘जबज’ उत्तिकै सान्दर्भिक रहेको नेकपाका केही नेताहरुले बताउँदै आएका छन् । मदन भण्डारीलाई तत्कालिन नेकपा एमालेका नेताहरुले आर्दश मानेपछि उनको हत्या भएको भन्दै तत्कालिन अवस्थामा संसददेखि सडकका रेलिङ भाँच्ने नेताहरु सत्तामा पुगेपछि सो अनुसन्धान नहुँदा थप शंका बढ्नुका साथै घटना अझै रहस्यमय बन्दै गएको छ ।

अहिले मदन भण्डारीमा सहपार्ठी केपी ओली दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गरिरहेका छन् । भण्डारी पत्नी विद्या अहिले मुलुकको राष्ट्रप्रमुख छन् ।

यो भन्दा अगाडि पनि भण्डारीको जनताको बहुदलिय जनवादलाई बेचेर नेकपा एमाले कयौ पटक सत्तामा पुगिसकेको छ । तर भण्डारीको दुर्घटनाको रहस्या खोज्न नलाग्नुले घटनालाई थप रहस्यमय भएको छ ।