Aafno Khabar

सरकारले सांसद र नागरिकको कोरोना परीक्षणमा विभेद गरेको कोइरालाको आरोप

  • May 12, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले सांसद र नागरिकको कोरोना परीक्षणमा विभेद गरेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद र कर्मचारीको किट अभावको बिचमा पनि पीसीआर माध्यमबाट कोरोना परीक्षण गरिएको तर नागरिक तहमा र्यापिट टेष्ट मात्र गरिएको उहाँको भनाई छ ।

सांसदलाई पीसीआर परीक्षण गरिएको ठिक भए पनि नागरिकप्रति विभेद भएको उहाँको टिप्पणी छ । ‘सांसदलाई पीसीआर परीक्षण अनि संक्रमित क्षेत्रका जनतालाई आरडिटी मात्र ?सामाजिक सञ्जाल,’ ट्विटरमा उहाँले भन्नुभएको छ, ‘यो कस्तो शैली हो सरकार ? सांसदलाई गरिएको ठिक छ तर नागरिकप्रति पनि सरकार यस्तै जिम्मेवार भइदिए कस्तो हुन्थ्यो ? अनि जनताले राज्य भएको अनुभूति गर्थे होलान् ’ ।

संघीय संसदको बजेट अधिवेशन अघि सांसदहरुको पीसीआर विधिबाट परीक्षण गरिएको थियो। तर सरकारले विभिन्न प्रभावित जिल्लाका नागरिकको र्यापिट टेष्ट मात्र गरेको छ ।