Aafno Khabar

कोरोना संक्रमणका कारण विश्वभरी २ लाख ४४ हजारको मृत्यु

  • May 3, 2020 प्रकाशित

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वभरी २ लाख ४४ हजार ७ सय ७८ जनाको ज्यान गएको छ ।

३४ लाख ८४ हजार १ सय ७६ जना कोरोनाबाट संक्रमित भएका छन्, जसमध्ये ११ लाख २१ ह्जार ५ सय ३९ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या ११ लाख ६० हजार ७ सय ७४ पुगेको छ भने ६७ हजार ४ सय जनाको ज्यान गएको छ ।

स्पेनमा २ लाख ४५ हजार संक्रमित हुँदा २५ हजारले ज्यान गुमाएका छन् । इटलीमा २ लाख ९ हजार संक्रमित हुँदा २८ हजार ७ सय जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा १ लाख ८२ हजार संक्रमित र २८ हजार ७ सयको ज्यान गएको छ भने फ्रान्समा १ लाख ६८ हजार संक्रमित र २४ हजार ७ सयको ज्यान गएको छ ।