काठमाडौं । सत्तारुढ नेकपा भित्र चरम विवाद भएका बेलामा आज सचिवालय बैठक बस्दैछ । विवाद समाधनानका लागि बोलाइएको बैठकमा अध्यक्ष एंव प्रधामन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समुहले आ आफ्नो रणनीतिक अडानसहित बैठकमा सहभागि हुने तयारी गरिरहेका छन् । गत बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए ।
प्रधानमन्त्री ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए । सचिवालयमा दुई फरक–फरक प्रस्ताव आएपछि बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो ।
दाहाल नेपाल समूहले आजको बैठकमा ओलीमाथि दवाब बनाउन राजीनामाको मिति ‘माइन्युट’ तमा रहेका छन् । उनीहरुले आजको बैठकमा मिति तय गरेर राजीनामा घोषणा गर्नुपर्ने दबाब दिने तयारीमा छन् । ओलीले राजीनामा दिन्छु भनिसकेको हुँदा राजीनामाको मिति र त्यसपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे लिखित निर्णय गर्न प्रधानमन्त्रीलाई दवाब दिने तयारी सो समूहको छ ।
सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टीका शीर्ष नेतासँग छलफल गरेका छन् । त्यसैगरी दाहाल नेपालले पनि विभिन्न नेतासँग परामर्श गरेका छन् ।
नेकपाभित्र दुवै समूहले संसदीय दलका बहुमत जुटाउनका लागि सांसदहरुको हस्ताक्षर समेत संकलन गरिरहेका छन् । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । भुसको आगोसरी फैलदै गएको नेकपा भित्रको विवाद खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि चरम बनेको छ ।