Aafno Khabar

कोरोना विरुद्धको अग्रमोर्चामा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झा चयन

  • २०७७ बैशाख २० गते १२:०० प्रकाशित

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा कोरोना भाइरस विरुद्धको अग्रमोर्चामा लड्ने विश्वका पाँच महिलामा छानिएकी छन् । संयुक्त राष्ट्रसँघीय महिलाद्धारा कोरोना भाइरसको संक्रमणमा अग्रमोर्चामा रहेका काम गरेका पाँच महिलामा झालाई पनि चयन गरेको हो ।

नेपालको एकमात्र आधिकारिक सरकारी प्रयोगशाला (टेकू) मा रहेका कोरोना भाइरसका संक्रण आशंका गरिएकाहरुको स्वाब परिक्षण गर्ने गरेकी छन् । उनले दिनको औसत ७० बिरामीका स्वास्थ्य परीक्षण रिपोर्ट टुङ्गो लगाउने गरेको युन वेमेन डट ओआरजीले जनाएको छ ।

झासंगै राष्ट्रसंघको फिल्ड सहायकका रुपमा जोर्डनमा कार्यरत अमल अल महार्यश, हाडिल देवाई वेई रहेका छन् । उनीहरुले महिलाहरुलाई सुरक्षित राख्नका लागि महत्वपूर्ण काम गरेको बताइएको छ । त्यसैगरि चीनको दुर्गम गाँउमा बसेर कोरोनाको संक्रमण विरुद्धको अग्रमोर्चामा काम गरेको भन्दै चिनियाँ नागरिक याङ् सेङलिङ पनि विश्वका पाँच महिलामा छानिएकी छन् ।

उनले सार्वजानिक सेवालाई चुस्त बनाएको भनिएको छ । त्यसैगरि काजकास्तानमा क्वारेन्टाईनका बेलामा हुने यौन तथा घरेलु हिंसामा परेका महिलाहरुलाई सहयोग गरेको भन्द्र डिना स्माइलोभा पनि छानिएकी छन् । त्यसैगरि अमेरिकाको क्यार्लिफोनियाकी र्यानिया हेनरीले आफ्नो समाज व्यवस्थित बनाउनका लागेको भन्दै विश्वका पाँच महिलालाई चयन गरेको हो ।