Aafno Khabar

नेपालमा दुईजना थप नयाँ संक्रमित, दुबैजना भारतबाट आएका थिए

  • May 1, 2020 प्रकाशित

काठमाडौं । नेपालमा शुक्रबार दिउँसो थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । रुपन्देही र नेपालगञ्ज बाँकेका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु रुपन्देहीका २५ बर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० बर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका रुपन्देहीका युवक दुई साताअघि भारतबाट आएको पाइएको छ ।

कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय ती युवक ५ वैशाखमा भारतबाट घर आएका थिए । सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्‍याएका थिए ।

क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको हो। उनलाई शुक्रबार नै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा ल्याइएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।