Aafno Khabar

वानको पहलमा प्रदेश १ ले ल्यायो रेडियो मैत्री नियमावली,खारेज भएका रेडियो नविकरणको अवसर

  • Admin
  • २०७७ बैशाख १८ गते ०७:१५ प्रकाशित

प्रदेश १ सरकारले प्रदेशभित्र संचालनमा रहेका एफएम रेडियो र टेलिभिजनहरुलाई बिभिन्न सहुलियत र सुविधा प्रदान गरेको छ । नेपाल भरिका स्वतन्त्त रेडियोहरुको छाता संस्था वानको पहलमा रेडियो मैत्री नियमावली ल्याएको हो ।

प्रदेश सरकारले ‘प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रशारण सम्बन्धि नियमावली २०७६’ ल्याएर यस्तो सहुलियत र सुविधाको व्यवस्था गरेको हो ।प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले ल्याएको उक्त नियमावली अनुसार, अबदेखि एफएम रेडियोहरुले रोयल्टी बापत शून्य दशमलब ५ प्रतिशत मात्र बुझाउनु पर्नेछ । यसअघि रेडियोहरुले २ प्रतिशत रोयल्टी तिर्दै आएका थिए ।

त्यस्तै अघिल्लो वर्ष असारमा नविकरण नभएका रेडियोहरुले यो वर्ष असारमसान्तसम्म नविकरण गरेमा कुनै अतिरिक्त शुल्क नलाग्ने ब्यवस्था गरिएको छ ।

यसैगरी त्यो भन्दा अघिल्ला बर्षहरुदेखि लाइसेन्स भएका तर नविकरण हुन नसकेका रेडियोहरुको हकमा एक पटकका लागि नविकरणको सुविधा उपलब्ध हुने व्यवस्था नियमावलीमा गरिएको छ ।

ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल ‘बान’को विशेष पहलमा प्रदेश सरकारले रेडियोलाई यस्तो सुविधाको व्यवस्था गरेको बानका अध्यक्ष चन्द्र न्यौपानेले बताए । साथै उनले प्रदेश नं। १ ले जस्तै अन्य प्रदेशहरुले पनि रेडियोहरुका लागि यस्तो व्यवस्थाको निमार्ण गर्न वानले पहल गरिरहेको जानकारी दिनु भयो ।

यसैबीच प्रदेश सरकारले प्रदेशभित्र संचालित बिभिन्न संचारमाध्यमहरुका लागि ५० लाख दिने निर्णय पनि गरेको छ ।
यसअघि बानले रेडियोहरुका अन्य संघ संगठनसँग मिलेर लकडाउनका बेला समस्यामा परेका रेडियोहरुलाई राहत र छुटको माग गर्दै संचारमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएको छ । रेडियोहरुले उठाएका मागहरुको सम्बोधन गर्न संचारमन्त्री सकारात्मक रहेको जानकारी न्यौपानेले दिए ।

नियमावली ……….राजपत्रको ढाँचा (1)