Aafno Khabar

बेवारिसे बम पड्किँदा रोल्पामा बाख्रा चराएर फर्कदै गरेका चार बालबालिकाको मृत्यु

  • २०७७ बैशाख १८ गते १६:०७ प्रकाशित

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको ज्यान गएको छ ।

बेबारिसे बम खेलाउँदा खेलाउँदै बम पड्किएर बालबालिकाको ज्यान गएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार बाख्रा चराएर घर फर्कदै गरेका बालबालिका बम बिस्फोटमा परेका हुन ।

बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको ज्यान गएको हो ।