Aafno Khabar

वीरगञ्जका थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

  • २०७७ बैशाख १७ गते ०९:०३ प्रकाशित

पर्सा । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।आजैमात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।