Aafno Khabar

भारतमा कोरोनाबाट ३१ ह्जार धेरै संक्रमित, मृतकको सङ्ख्या हजार नाघ्यो

  • २०७७ बैशाख १७ गते ०३:२१ प्रकाशित

काठमाडौं । कोरोना कारण विश्वभर ज्यान जानेको सङ्ख्या २ लाख १८ हजार नाघेको छ । ३१ लाख ३८ हजार १ सय १५ जना कोरोनाका कारण संक्रमित भएका छन् । ९ लाख ५५ हजार ७ सय ७० जना उपचारपछि निको भएर घर फर्केका छन् ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा मात्र कोरोनाबाट १० लाख ३५ हजार ७ सय ६५ संक्रमित भएका छन् । ५९ हजार २ सय ६६ जनाको ज्यान गएको छ, अमेरिकामा कोरोनाबाट संक्रमित भएकामध्ये १ लाख ४२ हजार २ सय ३८ जना निको भएर घर फर्केका छन् ।

स्पेनमा कोरोना संक्रमित २ लाख ३२ हजार १ सय २८ पुग्दा ज्यान जानेको सङ्ख्या २३ हजार ८ सय २२ पुगेको छ । इटलीमा २ लाख १ हजार ५ सय ५ जना कोरोनाका कारण संक्रमित हुँदा २७ हजार ३ सय ५९ जनाको ज्यान गएको छ ।

फ्रान्समा बमेरोना संक्रमित १ लाख ६५ हजार ९ सय ११ पुग्दा २३ हजार ६ सय ६० जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ६१ हजार १ सय ४५ जना कोरोनाबाट संक्रमित हुँदा २१ ह्जार ६ सय ७८ जनाको ज्यान गएको छ ।

दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित भएको भारतमा कोरोनाक ाकरण ३१ ह्जार ३ सय २४ जना संक्रमित हुँदा १ हजार ८ जनाको ज्यान गएको छ ।