Aafno Khabar

नेकपा सचिवालय बैठक सकियो, २० गते अर्को बैठक बस्ने सहमति

  • २०७७ बैशाख १७ गते १५:४२ प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक सकिएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएपनि कुनै निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन् ।

अब अर्को बैठक २० गते बस्ने गरी आजको बैठक सकिएको हो । २० गते बस्ने बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । नेकपा पछिल्लो समय सरकारका कामप्रति तिव्र आलोचना भइरहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार वा पार्टीको नेतृत्व छाडन दबाव बढेको छ ।