Aafno Khabar

चितवनको कोरोना अस्पतालमा अख्तियारको छापा

  • April 28, 2020 प्रकाशित

चितवन । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ ।

मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ ।

कोरोना अस्पतालमा कर्मचारीहरुको मिलेमतोमा सामाग्रीको अपचलन भएको सीसीटीभी फुटेज विभिन्न संचार माध्यम मार्फत बारिएको थियो ।