काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान जानेको सङख्या २ लाख ३ हजार १ सय ८९ पुगेको छ । २९ लाख २१ ह्जार १ सय १ जना संक्रमित भएका छन् भने ८ लाख ३६ हजार ९ सय ६९ जना निको भएर घर फर्केका छन् ।
कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ९ लाख ६० हजार संक्रमित भएका छन् भने ५४ हजार २ सय ६५ जनाको ज्यान गएको छ, १ लाख १८ हजार निको भएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ३५ हजार बढी संक्रमित हुँदा २ हजार धेरैको ज्यान गएको छ ।
स्पेनमा २ लाख २३ हजार धेरै संक्रमित हुँदा २२ हजार ९ सयको ज्यान गएको छ । इटलीमा १ लाख ९५ हजार संक्रमित हुँदा २६ हजार ३ सय जनाको ज्यान गएको बताइएको छ । फ्रान्समा १ लाख ६१ संक्रमित र २२ हजार ६ सयको ज्यान गएको छ । जर्मनीमा १ लाख ५६ हजार संक्रमित हुँदा ५ हजार ८ सय जनाको ज्यान गएको छ । बेलायतमा १ लाख ४८ हजार संक्रमित भेटिदा २० हजार ३ सय जनाको ज्यान गएको छ ।
दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित भएको भारतमा अहिलेसम्म ८ सय २५ जनाको ज्यान जाँदा २६ हजार २ सय जना संक्रमित भएका छन् ।