काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरसको जोखिम कम हुँदै गएको बताएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोराना संक्रमणको अतिउच्च जोखिमबाट एक तह तल झार्दै उच्च जोखिमको सुचीमा राखेको छ ।
उसले कोरोनाको रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर विश्व स्वास्थ्य संगठनले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिनुभयो ।