Aafno Khabar

कोरोना भाइरस : विश्वभर १ लाख ९७ हजारको मृत्यु, २८ लाख संक्रमित

  • २०७७ बैशाख १३ गते ०३:३४ प्रकाशित

श्वासप्रश्वासको गम्भीर लक्षण भएका कोभिड-१९ का बिरामीलाई कैयौँ घण्टासम्म घोप्टो पारेर राख्न विश्व स्वास्थ्य सङ्गठनले सुझाएको छ

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १ लाख ९७ हजार २ सय ४६ जनाको ज्यान गएको छ । विश्वभर २८ लाख ३० हजार ८२ जनामा कोरोना संक्रमण भएको छ । विश्वभर ७ लाख ९८ हजार ७ सय ८६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी ८ लाख ९० हजार संक्रमित भएका छन् भने ५१ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकामा ९६ हजार ६ सय ७७ जना निको भएका छन् । स्पेनमा २ लाख १९ हजार जना संक्रमित भएका छन् भने २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै ९२ हजार ३ सय ५५ जना निको भएका छन् ।

इटलीमा एक लाख ९२ हजार ९ सय ९४ जना संक्रमित भएका छन् भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ र ६० हजार ४ सय ९८ जना निको भएका छन् ।

फ्रान्समा १ लाख ५९ हजार ४ सय ९५ जनामा संक्रमण देखिएको छ र २२ हजार २ सय ४५ जनाको मृत्य भएको छ । फ्रान्समा निको हुनेको संख्या ४४ हजार १ सय ९७ रहेको छ । बेलायतमा एक लाख ४४ हजार ६ सय ३५ संक्रमित छन् भने १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ५४ हजार जना संक्रमित भएका छन्, जसमा एक लाख ६ हजार उपचारपछि निको भएका छन् र पाँच हजार ७ सय २३ जनाको मृत्यु भएको छ ।