काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको विरोधमा देशभर प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको हो ।
नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो । नेबिसंघका अध्यक्ष राजीब ढुंगानाले सोमबार सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ५–५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित प्रदर्शन गरेको हो । यसअघि बिहीबार बिहान नेबिसंघका पूर्व अध्यक्ष रन्जित कर्णको नेतृत्वमा विध्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।