समाजवादी र राजपा पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने आशयका साथ ल्याइएको अध्यादेश फिर्ता गर्ने तयारीमा प्रधानमन्त्री केपी ओली लागेका छन् ।
यी दुई पार्टी फुटाउने योजना असफल भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने मनस्थितीमा पुगेका हुन् । अध्यादेश जारी गरेपछि प्रधानमन्त्रीको पार्टी फुटाउने योजना तुहिएन मात्रै अझ दुई पार्टी एक भए । त्यती मात्र नभए अध्यादेश आफ्नै पार्टीमा प्रत्युत्पादक सावित हुने देखेपछि ओली ओली त्यसलाई फिर्ता लिने मनस्थितीमा पुगेका हुन् ।
त्यसैगरि अध्यादेशका विषयमा नेकपा पार्टी भित्रै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गुटबन्दी बढ्न थालेपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्ने मनस्थितीमा पुगेको नेकपाका एक नेताले बताए ।
पार्टीको स्थायी समितिको आपतकालीन बैठक बोलाउने तयारी भइरहेका बेला ओलीले बुधबार पार्टीका सांसदहरुसँग आवश्यक परे अध्यादेशमा परिमार्जन र थप संशोधन गर्न सकिने आश्वासन दिएका थिए ।
तर रातारात दुई मधेसवादी पार्टीको एकता र पार्टी भित्र आफू विरुद्ध दबाब बढेपछि आत्तिएका ओली अध्यादेश फिर्ता गर्न मनस्थितीमा पुगेको बताइएको छ । राष्ट्रपतिको अनुमोदनपछि रापत्रमा जारी भइसकेको अध्यादेशले कानूनको रुप लिने हुँदा त्यसलाई प्रक्रिया संवत तरिकाले फिर्ता लिनु पर्ने हुनाले आलोचनाको भुंग्रोमा परेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कानूनविदसँग छलफल सुरु गरेकी छन् ।