काठमाडौं । भोजपुरमा थप १ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको सङ्ख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।
हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकारले बताएको छ ।
उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।
बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।