काठमाडौं । कोरोनाका कारण विश्वभर २४ घण्टामा ६ हजार ६ सयको ज्यान गएको छ । झण्डै ८० हजार कोरोनाबाट संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोबाट संक्रमित २६ लाख ३५ हजार नाघेको छ भने ज्यान गुमाउनेको सङख्या १ लाख ८४ हजार पुगेको छ । ७ लाख १७ हजार भने निको भएर घर फर्केका छन् ।
कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा मात्र गएको २४ घण्टामा २ हजार ३ सय धेरै मानिसको ज्यान गएको छ । योसँगै कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको सङख्या ४७ हजार ६ सय नाघेको छ । अमेरिकामा मात्र कोरोनाका कारण ८ लाख ४८ हजार संक्रमति भएका छन् ।
कोरोनाबाट स्पेनमा २ लाख ८ हजार संक्रमित हुँदा २१ हजमर ७ सय धेरैको ज्यान गएको छ । इटलीमा कोरोना संक्रमित १ लाख ८७ हजार पुग्दा २५ हजार धेरैको ज्यान गएको छ । फ्रान्समा १ लाख ५९ हजार संक्रमित हुँदा २१ हजार ७ सय धेरैको ज्यान गएको छ । बेलायतमा १ लाख ३३ हजार संक्रमित हुँदा १८ हजार धेरैको ज्यान गएको छ ।
दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित भारतमा कोरोना संक्रमित २१ हजार नाघ्दा ६ सय ८१ जनाको ज्यान गएको छ । नेपालमा ४५ जना कोरोनाबाट संक्रमित हुँदा ७ जना निको भएका छन् भने कसैको पनि ज्यान गएको छैन् ।