Aafno Khabar

कोरोनासँग लडन भारत नेपालको साथमा छ – नरेन्द्र मोदी

  • २०७७ बैशाख १० गते १५:४३ प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् ।

नेपाललाई बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका हुन् ।

नेपाल र भारतको सम्बन्ध विशेष रहेको बताउँदै मोदीले ट्विटरमा लेखेका छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ ।’

मोदीले लेखेका छन्, ‘भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’