Aafno Khabar

कोरोनाबाट नेपालमा धेरै युवा सङ्क्रमित, यसको जोखिम के हुन्छ त ?

  • २०७७ बैशाख १० गते १५:२१ प्रकाशित

नेपालमा अहिले भेटिएका सङ्क्रमितहरू धेरैजसो युवा अवस्थाका पाइएका छन् र उनीहरूमा मध्यमखाले लक्षणहरू मात्र देखिएका विवरणहरू आएका छन्।

अहिले उपचाररत सबै सङ्क्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको अधिकारीहरूले बताएका छन्।

महामारीको ठूलो मार खेपेका देशको तुलनामा त्यसले गर्दा नेपालमा सङ्क्रमितको पहिचान सहज नभएको बताइएको छ।

डा. अनुप सुवेदी भन्छन् युवाहरूमा रोगका गम्भीर किसिमका लक्षण निकै कम पाइने र तिनले युवाहरूमै सङ्क्रमण फैलाउँदा त्यसले प्रकोपको झल्को नदिनसक्ने जोखिम भएकाले सम्पर्क भएका व्यक्तिको पहिचानको काम र उनीहरूको परीक्षण एवं एक्ल्याएर गर्ने काम निकै सुक्ष्म ढंगले गर्न आवश्यक छ।

तर अधिकारीहरूले भने थुप्रै देशमा सङ्क्रमितको संसर्गमा आएकाहरूलाई एक्ल्याएर मात्र राख्ने गरिएकोमा नेपालमा भने अहिलेसम्म तिनको समेत जाँच गर्ने गरिएको बताउँछन् ।