Aafno Khabar

सरकारको नियत राम्रो देखिएन : गगन थापा

  • २०७७ बैशाख ९ गते ०२:४७ प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ओली सरकारको वैधता सकिएको बताउनुभएको छ । महासंकटको समयमा सरकारले जारी गरेका अध्यादेशले सरकारको नियत र उदेश्य प्रष्ट पारेको भन्दै नेता थापाले सरकारको हैसियत समयले थप प्रष्टाउँदै लाने बताउनुभयो ।

पार्टी विभाजन र संवैधानिक परिषद सम्बन्धी अध्यादेश सोमबार सरकारले ल्याएपछि यसको सर्बत्र आलोचना भइरहँदा नेता थापाले पनि ट्वीटर मार्फत सरकारको यो कदमको विरोध गर्नुभएको हो ।