Aafno Khabar

सत्ताको उन्मादमा गैरसंवैधानिक कदम : डा.शेखर कोइराला

  • April 21, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकार सत्ताको उन्मादमा गैरसंवैधानिक कदम चाल्न उन्मुख भएको आरोप लगाउनुभएको छ ।

कोरोना भाइरसको महामारिबाट विश्व आक्रान्त भएको समयमा सरकार नेपाली जनताको जीवन रक्षामा लाग्नुपर्ने समयमा सरकार राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा लागेको उहाँको भनाई छ ।

यो घटनाले सरकार नागरिकको जीवन रक्षार्थ गम्भिर नभएको स्पष्ट हुने उहाँको भनाई छ । नेपाली कांग्रेस महामारीको घडीमा सरकारलाई हर सहयोगका लागि लागिरहेको तर सरकार नागरिकप्रति गम्भिर नभएको उहाँको भनाई छ ।

नागरिक भोकमरीमा परेको र थाकथलो जान नपाएको समयमा सरकार फोहोरी खेलमा लागेर नागरिकमाथि खेलवाड गरेको भन्दै उहाँले सरकारको यस्तो कार्य कांग्रेसका लागि स्विकार्य नहुने समेत चेतावनी दिनुभयो ।

सरकारको अहिलेको कदमले नागरिकको जनमत अपमान भएको भन्दै नेता कोइरालाले जनविरोधी यस्ता हर्कत तत्काल बन्द गर्न र विधेयक छिटो फिर्ता लिन सरकारसँग माग गरेको छ ।

सम्बन्धित शीर्षकहरु