Aafno Khabar

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित र मृत्यु हुनेको सङ्ख्या घट्यो

  • २०७७ बैशाख ९ गते ०३:०३ प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमित र मृत्यु हुनेको सङ्ख्या घटेको छ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा पनि संक्रमित र मृत्यु हुनेको सङ्ख्या घटेको छ ।

विश्वभर २४ लाख ८१ हजार भन्दा धेरै मानिस कोरोनाबाट संक्रमित हुँदा मृत्यु हुनेको सङ्ख्या १ लाख ७० हजार नाघेको छ । संक्रमितमध्ये ६ लाख ४६ हजार धेरै भने निको भएर घर फर्केका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित ७ लाख ९२ हजार नाघ्दा ४२ हजार ५ सय धेरैले ज्यान गुमाएका छन् ।

स्पेनमा २ लाख धेरै संक्रमित हुँदा २० हजार ८ सय धेरैको मृत्यु भएको छ । इटलीमा १ लाख ८१ हजार धेरै संक्रमित हुँदा २४ हजार धेरैले ज्यान गुमाएका छन् । भारतमा १८ हजार ५ सय धेरै संक्रमित हुँदा ५ सय ९२ जनाले ज्यान गुमाएका छन् ।