Aafno Khabar

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेकपा बैठक अवरोध,विवाद झन चर्किने संकेत

  • २०७७ बैशाख ८ गते १५:३३ प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मुलुक कोरोना महामारीसँग लडिरहेको बेला पार्टीमा छलफल नै नगरी सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेताहरुले विरोध गरेपछि नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक बोलाएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे ब्रिफिङ गरे । त्यसपछि नेताहरुले त्यसमाथि आ आफ्नो धारणा राखिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै अध्यादेश जारी गरेको सूचना आएपछि सचिवालय बैठक नै प्रभावित भएको हो ।

अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिबाट प्रमाणीकरण भएको खबरले नेकपाको बैठक प्रभावित भएको हो । जसले नेकपा झन अन्यौलता थपेको छ ।