Aafno Khabar

विश्वविद्यालयले उत्पादन गरेको स्यानिटाइजर निःशुल्क वितरण

  • April 20, 2020 प्रकाशित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुुर चितवनले नारायणघाट तथा गैडाकोट क्षेत्रका तरकारी तथा फलफूल विक्री गर्ने कृषक तथा ब्यापारीलाई निःशुल्क स्यानिटाइजर वितरण गरेको छ ।

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजर विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलिया, भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा. इश्वरीप्रसाद कडरीया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल लगायतको उपस्थितिमा र वितरण गरिएको हो ।

स्यानिटाइजर विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको विश्वविद्यालयले जनाएको छ । इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड, र तितेपातीको समिश्रणबाट तयारपारिएको स्यानिटाइजर उप.प्राध्यापक सरोज सापकोटाको नेतृत्वमा तयार पारिएको हो ।
सामान्यतया स्यानिटाइजरमा तितेपातीको प्रयोग नगरिने तर यो अवधारणा नेपालमै पहिलोपटक परीक्षण गरिएको अगुवा उप प्राध्यापक सापकोटाले बताउनुभयो ।