Aafno Khabar

पार्टी विभाजनको सपनाले अध्यादेश आएको भए त्यो अपराध हो : नेतृ झाँक्री

  • २०७७ बैशाख ८ गते १४:०७ प्रकाशित

Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सरकारले राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेकामा आपत्ति जनाउनुभएको छ ।

फेसबुकमार्फत उहाँले पार्टी विभाजन हुने दुस्‍वप्न देखेर अध्यादेश ल्याएको भए त्यो अपराध भएको उहाँँको टिप्पणी छ ।

फेसबुकमा उहाँले लेख्नुभएको छ ‘कमरेड, कानुनले पार्टी फुट्न र रोक्न दुवै सक्छ । जसको पार्टी विभाजन गर्ने दुस्वप्न देखेर अध्यादेश ल्याएको भएपनि त्यो अपराध हो । किनकी आज हामीलाई राजनीतिक एकता चाहिएको छ । विभाजन होइन ।’

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ६ मा रहेको दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न अध्‍यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

उक्त व्यवस्थाअनुसार अब कुनै पनि दल विभाजन गर्न दलको केन्द्रीय समिति वा सं‌सदीय दलमा ४० प्रतिशत मत भए पुग्छ । यसअघि केन्द्रीय समिति र स‌सदीय दल दुबैतिर ४० प्रतिशत मत पुर्‍याउनुपर्ने व्यवस्था थियो ।

सरकारले गरेको सिफारिसअनुसार सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी पनि गर्नुभएको छ ।