Aafno Khabar

कोरोनाका कारण विश्वभर २४ लाख धेरै संक्रमित, १ लाख ६५ हजारको मृत्यु

  • २०७७ बैशाख ८ गते ०१:०९ प्रकाशित

काठमाडौं । कोरोना संक्रमणबाट विश्वभरमा १ लाख ६५ हजार धेरैको ज्यान गएको छ । २४ लाख ७ हजार धेरै मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । झण्डै ६ लाख २५ हजार मानिस कोरोनाको उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा कोरोना संक्रमितको सङ्ख्या ७ लाख ६४ हजार पुगेको छ भने ज्यान जानेको सङ्ख्या ४० हजार ५ सय नाघेको छ ।

इटलीमा १ लाख ७८ हजार संक्रमित हुँदा २३ हजार ६ सय बढीको ज्यान गएको छ । स्पेनमा १ लाख ९८ हजार धेरै संक्रमित हुँदा २० हजार ४ सयभन्दा धेरैको ज्यान गएको छ ।

दक्षिण एसियाली देशहरुमध्ये सबैभन्दा धेरै प्रभावित भएको भारतमा १७ हजार ६ सय संक्रमित हुँदा ५ सय ५९ जनाको ज्यान गएको छ । नेपालमा ३१ जना संक्रमित हुँदा ४ जना निको भएर घर फर्किएका छन् ।