काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १ लाख ५४ हजार धेरैको मृत्यु भएको छ । २२ लाख ५० हजार धेरै मानिस कोरोनाबाट संक्रमित भएका छन । कोरोनाबाट धेरै प्रभावित भएको अमेरिकामा मात्र कोरोनाबाट ७ लाख १० हजार धेरै संक्रमित भएका छन ।
अमेरिकामा अहिलेसम्म ३७ हजार धेरैको मृत्यु भएको छ । स्पेनमा कोरोनाका कारण १ लाख ९० हजार धेरै संक्रमित हुँदा २० हजार धेरैको मृत्यु भएको छ । इटलीमा १ लाख ७२ हजार धेरै संक्रमित हुँदा २२ हजार ७ सयको मृत्यु भएको छ ।
कोरोनाको उदमस्थल चीनमा पनि पछिल्लो २४ घण्टामा २७ नयाँ संक्रमित भेटिदा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ६ सय नाघेको छ ।
भारतमा पनि पछिल्लो समय संक्रमितको संख्या बढेको छ । भारतमा अहिलेसम्म १४ हजार ३ सय धेरै संक्रमित हुँदा ४ सय ८६ जनाको ज्यान गएको छ ।