Aafno Khabar

रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरसको संक्रमण

  • २०७७ बैशाख ४ गते ११:०२ प्रकाशित

रूकुम । धनगढीमा पिसिआर प्रविधीबाट परीक्षण गर्दा रूकुम पश्चिमका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डम्बर खड्काले धनगढीको प्रयोगशालामा उनीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि फेरि परीक्षण गर्न काठमाडौं पठाइएको बताए ।

सुर्खेतमा आरडिटीमा एन्टिबडी देखिएका केही स्वाब धनगढी पठाएको र ती मध्ये दुई जनामा कोरोनाको लक्षण पोजेटिभ देखिएको खड्काले बताए ।

धनगढीमा कोरोना पोजेटिभ देखिएका उनीहरू केही दिनअघि भारतबाट आएका थिए । डाक्टर खड्काका अनुसार उनीहरू अहिले होम क्वारेन्टिनमा बसेका छन् ।