बागलुङ । बेल्जियमबाट फर्केकी बागलुङकी ६५ वर्षीया महिलाले कोरोना भाइरसको संक्रमणलाई जितेकी छन् । उनको बिहीबार गरिएको परीक्षणको नतीजा नेगेटिभ देखिएको छ ।
उनको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयमा चौथो पटक स्वाब परिक्षण गर्दा कोरोनको संक्रमणको नतिजा नेगेटिभ देखिएको हो ।
उनीसँगै कतार एयरवेजबाट नेपाल आएकी १९ वर्षिय युवतिको भने चौथो स्वाब परीक्षणको नतीजा पनि पोजिटिभ आएको छ । कतार एअरवेयजको जहाजमा विदेशबाट आएका दुवैजनामा कोरोना संक्रमण भेटिएको थियो ।
दुवैको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनीहरुमध्ये युवती चैत १५ र महिला १९ गतेदेखि आइसोलेसनमा छन् । दम र उच्च रक्तचापकी बिरामी ६५ वर्षिय महिलाले त्यसको औषधि खाइरहेकी छन् ।