Aafno Khabar

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३४ हजार नाघ्याे

  • २०७७ बैशाख ४ गते ०२:४२ प्रकाशित

काठमाडौं । कोरोना संक्रममणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या १ लाखा ३४ हजार ६ सय भन्दा धेरै पुगेको छ । कोरोनाका कारण विश्वभर २० लाख ८३ हजार ३ सय धेरै मानिस संक्रमित भएका छन् ।

संक्रमितमध्य ५ लाख १० हजार धेरै उपचारपछि ठिक भएका छन् भने १४ लाख धेरैको अहिले उपचार चलिरहेको छ । जसमध्य ५१ हजार मानिसको अवस्था जटिल रहेको छ ।

कोरोनाका कारण धेरै प्रभावित भएको अमेरिकामा संक्रमितको सङ्ख्या ६ लाख ४४ हजार पुगेको छ भने २८ हजार ५ सय धेरैको मृत्यु भइसकेको छ।

इटली र स्पेनमा भने संक्रमित र मृत्यु हुनेको सङ्ख्यामा केही कमी आएको छ । दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित रहेको भारतमा संक्रमितको सङ्ख्या १२ हजमर ३ सय नाघेको छ भने ४२२ जनाको मृत्यु भएको छ ।