Aafno Khabar

पाेखरामा पनि एकजनामा देखियाे र्‍यापिड टेस्ट पाेजेटिभ

  • २०७७ बैशाख ३ गते १०:३९ प्रकाशित

कास्की । पोखराकी एक ५५ वर्षीया महिलामा काेराेनाकाे र्‍यापिड टेस्ट पाेजेटिभ देखिएकाे छ । पोखरा महानगरपालिका-१२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको छ ।

उनी २७ दिनअघि मात्रै दुबईबाट फर्किएको र र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर प्रयाेगशाला पठाइएकाे हाे  ।

पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो ।