Aafno Khabar

काठमाडाैंका दुईजनामा काेराेना पुष्टि, एकजनाकाे रिर्पाेट आउन बाँकी

  • २०७७ बैशाख २ गते ०६:४१ प्रकाशित

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । याे सँगै नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १६ पुगेकाे छ ।