डोटी । डोटीको जोरायल गाउँपालिका-४ देउथलामा एक युवतीकााे हत्या भएको छ । आइतबार बेलुकी करिब पाँच बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
मृतक अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले युवतीका श्रीमान् खड्क वनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
घटना हुँदा मृतक अनिता र श्रीमान् खडक मात्रै घरमा भएको प्रहरीले बताएको छ । घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टीको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।