Aafno Khabar

वैशाख ३ गतेसम्म लकडाउन लम्बाउने सरकारको निर्णय

  • २०७६ चैत्र २४ गते ११:२९ प्रकाशित

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन वैैैैैशाख ३ गतेसम्म  लकडाउन लम्ब्याउने भएको छ ।

साेमबार दिउँसो बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन वैैैैैशाख ३ गतेसम्म लम्बाउने निर्णय गरेकाे हाे । स्रोतकाअनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन लम्बाउन सिफारिस गरेकाे थियो ।