काठमाडौं । मंगलबार देशभरबाट ‘लकडाउन’ उलंघन गर्ने मोटरसाइकल, स्कुटर, जीप, ट्याम्पु लगायत गरी एक हजार पाँच सय ७१ वटा गाडी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।
आज पनि अत्यावश्यक बाहेकका गाडीहरु बन्द रहेका छन् । अत्यावश्यक सेवाका र केही अत्यन्तै जरुरी काममा रहेका गाडीहरुलाई व्यवहारिक अवस्था हेरेर बाहेक चल्न रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । सार्वजनिक गाडीहरु भने पूर्ण रुपमा रोकिएका छन् ।
मंगलबार देशभरबाट ‘लकडाउन’ उलंघन गर्ने ६८ जना पक्राउ परेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले गरेको लकडाउन उलंघन गरेको आरोपमा कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ८ जना पक्राउ परेका छन् । यस्तै सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहा र कञ्चनपुरबाट २-२ जना तथा धनुषाबाट १ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
अरु विभिन्न ठाउँबाट केहीलाइ नियन्त्रणमा लिइएको भए पनि केहीबेर सम्झाइबुझाइ गरेर छाडिएको प्रहरीले जनाएको छ ।