Aafno Khabar

लामाे दूरीमा माेटरसाइकलमा पनि यात्रा गर्न नपाइने

  • २०७६ चैत्र ८ गते ०१:४३ प्रकाशित

काठमाडाैं । लामाे दूरीमा माेटरसाइकलमा पनि यात्रा गर्न नपाइने भएकाे छ । काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन सरकारले नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको हाे ।

यातायात व्यवस्था विभागका अनुसार लामाे दूरीमा निजी सवारीमात्र नभएर माेटरसाइकलमा पनि यात्रा गर्न नपाइने जनाएकाे हाे । विभागका अनुसार लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ ।

स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालका यात्रुबहाक सवारी चलाउन भने नपाइने विभागकाे भनाइ छ ।

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएकाे सम्बाेधनमा काेराेनाकाे जाेखिम न्यूनीकरणका लागि केही समय लामाे दूरीका यात्रुवाहक बस सञ्चालनमा राेक लगाउने बताउनुभएकाे थियाे ।

याे पनि पढ्नुहाेस् ।

प्रधानमन्त्री ‌ओलीले देशवासीका नाममा गर्नुभएकाे सम्बाेधन (पूर्ण पाठ)

चैत ९ देखि १८ गतेसम्म नेपाल आउने सबै जहाजमा प्रतिबन्ध

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द